निर्मात्री बनेकी निशाको अनुभव ‘फिल्म बनाउँन गाह्रो’
नायिका निशा अधिकारी फिल्म ‘झ्नाकुटी’ बाट निर्मात्री बनेकी छिन् । सिमोश सुनुवारले निर्देशन गर्ने निशाको फिल्ममा सौगात मल्ल र वेनिशा हमाल मुख्य भूमिकाको लागि पक्का भएका छन् । कस्तो अनुभव गर्दैछिन् त निशा पहिलो फिल्म निर्माण गर्दा ?
‘साह्रै गाह्रो रैछ फिल्म बनाउँन’ एक भेटमा निशाले सुनाइन्, ‘सुत्ने र उठ्ने समय नै छैन । दिन त मान्छेलाई भेट्दै र कुरा गर्दैमा जान्छ ।’ आउँदो सातादेखि कलाकार राखेर निशा फिल्मको वर्कसप गर्दैछिन् । माघको तेश्रो सातादेखि फिल्मको छायाँकन सुरु हुनेछ । फिल्मको सम्पूर्ण छायाँकन घले गाउँमा हुनेछ । आफैंले निर्माण गर्ने पहिलो फिल्ममा निशा भने क्रियटिभ डिरेक्टरको रुपमा मात्रै रहनेछिन् । कस्तो होला त सगरमाथाको सफल आरोहण गर्ने साहसी नायिकाले बनाएको पहिलो फिल्म ‘झ्यानाकुटी’ ?
For More videos Log on to Mazzako TV