यो बिहिबारदेखि तीन नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । ‘किङ्ग’, ‘लभ साशा’ र ‘शब्द’ ले काठमाण्डौं तथा मोफसलमा हल बाँडफाँड गरेका छन् । तीन फरक फरक जनराका फिल्महरु मध्ये कुन फिल्मले चाहिं दर्शकको मन जित्ला त ?

king-love-sasha-sabda

सविर श्रेष्ठ निर्देशित फिल्म ‘किङ्ग’ मा निखिल उप्रेती, वेनिशा हमाल र अनुपविक्रम शाही मुख्य भूमिकामा प्रस्तुत भएका छन् । जयन श्रेष्ठको निर्माण रहेको एक्सन लभ स्टोरी फिल्ममा जगन श्रेष्ठ, रुपा राणा जस्ता अग्रज कलाकारको पनि अभिनय छ । ‘किङ्ग’ टिमसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

यस्तै प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म ‘लभ साशा’ मा केकी अधिकारी र कर्मको मुख्य भूमिका छ । माधव वाग्ले निर्देशित फिल्मले प्रेमको महसुश गराउँछ । माधव वाग्ले निर्मित फिल्ममा निर्देशक आशिफ शाहको पनि अभिनय छ । प्रिमियरमा फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको थियो । केकी र कर्मसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

सौगात मल्ल र कमली वाईवा मुख्य भूमिकामा रहेको फिल्म ‘शब्द’ लाई नव निर्देशक सन्तोष सिवाकोटीले निर्देशन गरेका हुन् । सौगात र कमली यतिबेला फिल्म प्रिमियरको लागि अष्ट्रेलिया पुगेका छन् । ‘शब्द’ मा बाल कलाकार अनुभव रेग्मी सहित ए.गुरुङ रोयदिप श्रेष्ठको पनि अभिनय छ । कमली र रोयदिपसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

For More videos Log on to Mazzako TV