मिल्ने दुई साथी केकी अधिकारी र वेनिशा हमाल अभिनित दुई फिल्महरु ‘लभ साशा’ र ‘किङ्ग’ यही बिहिबारदेखि एकसाथ प्रदर्शनमा आउँदैछन् । दुई फिल्मले गर्ने व्यापारलाई लिएर विभिन्न खाले अड्कल बाजी भैरहंदा केकी र वेनिशाले भने फिल्मको व्यापार जे जस्तो भएपनि आफ्नो मित्रतामा कुनै असर नपर्ने बताएका छन् ।

keki-benisha1

फिल्म ‘लभ साशा’ को प्रिमियरमा सहभागी भएकी वेनिशाले फिल्म र केकीको अभिनयको प्रशंसा गरिन् । दुवै फिल्मले राम्रो व्यापार गरोस् भन्ने आशा राख्दै वेनिशाले भनिन्, ‘जसले मलाई एक्टिङ गर्न सिकायो उसले राम्रो गर्दा मलाई गर्व लाग्छ । केकीले ‘लभ साशा’ मा राम्रो काम गरेको छ । यसमा म खुसी छु ।’

keki-benisha

यता ‘लभ साशा’ की साशा अर्थात् केकीले ‘किङ्ग’ क्विन अर्थात् वेनिशालाई अन्तर हृदयबाट सफलताको शुभ कामना दिइन् । केकीले भनिन्, ‘वेनिशाको कारण पनि ‘किङ्ग’ मेरो लागि विशेष छ । त्यसैले सफलताको शुभकामना ।’ यता नायिका रिमा विश्वकर्माले पनि ‘लभ साशा’ र ‘किङ्ग’ दुवैलाई सफलताको शुभकामना दिइन् ।

keki-benisha-reema

सविर श्रेष्ठ निर्देशित फिल्म ‘किङ्ग’ मा वेनिशासँग एक्सन स्टार निखिल उप्रेती प्रस्तुत भएका छन् भने प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म ‘लभ साशा’ मा केकी र कर्म प्रमुख भूमिकामा प्रस्तुत भएका छन् ।

For More videos Log on to Mazzako TV