मंगलबार साँझ कमलपोखरीस्थित कुमारी हलमा अयोजना गरिएको फिल्म ‘लभ साशा’ को प्रिमियरमा नायिका प्रियंका कार्की र नायक संजय गुप्ताबिच मज्जाको केमेस्ट्री देखियो । ‘ह्याप्पी डेज’ जोडीले सञ्चारकर्मी सामु खुलेर फोटो सेसन गराए ।

priyanka-karki-sanjay-gupta3

प्रियंका र संजयको फोटा सेसन यसकारण मज्जाको थियो कि यी दुईले कुनै रोमान्टिक फिल्मको दृश्य जसरी फोटोको पोज दिइरहेका थिए । ‘सफर’ डेव्यु संजयले त ज्याकेट नै खोलेर प्रियंकासँग पोज दिए । सञ्चारकर्मीको अनुरोध पछि संजयले आफ्नो ज्याकेट खोलेका थिए ।

priyanka-karki-sanjay-gupta1

जे होस् ‘लभ साशा’ प्रिमियरमा देखिएको फोटो सेसनले लण्डनमा प्रियंका र संजयबिच मज्जाकै दोस्ती जमेको रहेछ भनी अड्कल काट्न सकिन्छ । कतै अभिनय गर्दा गर्दै प्रियंका र संजयबिच साँच्चै प्रेम त परेन ?

priyanka-karki-sanjay-gupta4

मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘ह्याप्पी डेज’ को झण्डै दुई महिना सुटिङ सकेर उनीहरु भर्खरै नेपाल फर्किएका हुन् । फिल्ममा दयाहाङ राई पनि मुख्य भूमिकामा छन् । तस्बिर : उद्धव रसाईली

priyanka-karki-sanjay-gupta2

priyanka-karki-sanjay-gupta

For More videos Log on to Mazzako TV