यस्तो छ धुर्मुस र सुन्तलीको शिर पुरिने मालाको कथा
बैशाख १२ गएको भूकम्पमा परि भत्किएका काभ्रेको पहारी र सिन्धुपाल्चोकको गिरान्चौर बस्ती बनाएका ‘धुर्मुस’ र सुन्तलीको जोडी यतिबेला महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मुसहर बस्ती निर्माणमा जुटेको छ । सोमबार मात्रै मह जोडीले बैशाख १ गते हस्तान्तरण गर्ने गरी यस बस्तीको शिलान्यास गरेका छन् ।
मुसहर बस्ती शिलान्यास कार्यक्रममा सामाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को ‘हिरो’ रुप देखियो । मंगलबार बर्दिवासको मुसहर बस्तीमा धुर्मुस र सुन्तलीको जयजयकारले गुञ्जयमान भयो । राजधानीबाट गएका मह जोडी सहित अन्य कलाकार र उनीहरुलाई स्थानियले फूलको माला लगाइदिए । जुन मालाले धुर्मुस र सुन्तलीको शिर पुरियो, धुर्मुसको त झण्डै आँखा छेकियो । कसरी भयो त धुर्मुस र सुन्तलीको शिर पुरिने माला ?
स्थानियले पहिर्याइदिएको मालामा मह जोडी सहित राजधानीबाट गएका कलाकारहरुले थप गरिदिएपछि धुर्मुस र सुन्तलीको शिर मालाले पुरिन गएको थियो । अग्रज र समाकालिन कलाकारले सम्मान गर्दै माला लगाइदिंदा धुर्मुस र सुन्तली पनि थापेर बसिरहे । फोटो सेसनको कार्यक्रम सकिएपछि भने गर्मीका कारण उनीहरुले केही माला फुकालेर राखे । धुर्मस र सुन्तलीको माला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समय लगाएको माला भन्दा बढी भएको कार्यक्रममा चर्चा चल्यो ।
स्कूले विद्यार्थी, बालक, वृद्ध, राजनीतिज्ञ, समाजसेवी सम्मले धुर्मुस र सुन्तलीको काममा साथ दिने वचन वद्धता व्यक्त गर्दा उनीहरुले पनि सम्पूर्ण देश तथा विदेशमा रहेका सहयोगी मनलाई सहयोग गर्न आग्रह गरे । तस्बिर : उद्धव रसाईली
For More videos Log on to Mazzako TV