नायिका केकी अधिकारीले निकै नै आशा राखेको फिल्म ‘लभ साशा’ यही बिहिबारदेखि प्रदर्शनमा आउँदैछ । अभिनेता कर्मसँग पहिलो पटक स्क्रिन सेयर गरेको यो फिल्म प्रचारका लागि केकी निकै दौडधुप गरिरहेकी छिन् । केकीको यो दौडधुपले फिल्मको रिजल्ट कस्तो देला ?

keki-adhikari-gift-docx

रिजल्ट जे जस्तो भएपनि ‘लभ साशा’ सफलताको कामना गर्दै शुभेच्छुकहरुले केकीलाई शुभकामना दिइरहेका छन् । मंगलबारै मात्र केकीलाई एक अपरिचित शुभेच्छुकले ‘लभ साशा’ सफलताको कामना गर्दै गुलाफको गुच्छा र कार्ड पठाएका छन् । कसले र कहाँ बाट पठायो भन्ने बारे चाहिं केकी आफैं नै अनविज्ञ छिन् । ‘एकजना सञ्चारकर्मी साथीको ठेगानामा आएका रैछ’ केकीले भनिन्, ‘कसले पठाउनु भयो, त्यो चाहिं थाहा छैन ।’ आखिर को हुन् त केकीलाई गुलाफको गुच्चा र कार्ड पठाउने व्यक्ति ? केकी र कर्मसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

माधव वाग्लेले निर्माण गरेको फिल्म ‘लभ साशा’ को मंगलबार नै प्रिमियर शोको आयोजना हुँदैछ । प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको फिल्म पूर्ण लभ स्टोरी हो ।

For More videos Log on to Mazzako TV