यही बिहिबार, पौष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ साशा’ को नयाँ रोमान्टिक गीति भिडियो रिलिज भएको छ । ‘कथा तिम्रो सुनौं’ बोलको गीतमा आशिफ शाह र श्रेया सोताङको स्वर छ भने कम्पोज आशिफ स्वयम्ले नै गरेका छन् । फिल्मका शिर्ष मुख्य दुई पात्रहरु कर्म र केकी अधिकारी फिचरिङ गीगतको भिडियो यस्तो छ :

‘लभ साशा’ को सार्वजनिक गीति भिडियोसँग आफ्नो निकै रमाईलो र पिडादायी अनुभव रहेको केकी बताउँछिन् । पुषको रातमा कपाल उडाउँन हावा दिंदा बेहोस हुने स्थितिमा पुगेको उनी सुनाउँछिन् । केकी भन्छिन्, ‘त्यही भएर हामीले ज्याकेट लगायौं । होइन भने त बेहोस नै हुने थियौं चिसोले ।’ हाइस्पिडमा खिचिएको भिडियोमा हाइस्पिडकै लिप्सिङ दिंदा भने निकै रमाईलो लागेको केकी बताउँछिन् । फिल्मको फुटेज बाहेक गीतको भिडियोमा प्रयोग भएका दृश्यहरु जम्मा तीन घण्टामा खिचिएको हो ।

keki-karma

प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म ‘लभ साशा’ पूर्ण रुपमा लभ स्टोरी फिल्म हो । माधव वाग्लेले निर्माण गरेको फिल्ममा केकी र कर्मसँगै आशिफ शाहको पनि अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV