जीवन र नीताको असफल करिअरमा ‘लेक साइड’ ले लगाउला ब्रेक ?
जीवन लुईंटेल र नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म ‘लेक साइड’ आगामी माघ २८ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ । जीवन र नीता अभिनित फिल्म पछिल्लो समय त्यति प्रदर्शनमा आएका छैनन् । प्रदर्शनमा आएका यी दुई अभिनित फिल्महरुले पनि सुखद् व्यापार गरिरहेका छैनन् । के ‘लेक साइड’ ले चाहिं जीवन र नीताको करिअरमा असफलताका ब्रेक ल्याउला ?
राजु अधिकारीले निर्देशन गरेको फिल्म ‘लेक साइड’ पर्यटकीय नगरी पोखराको लेकसाइडमा एक युवकले साँगीतिक क्षेत्रमा लागेपछि भोग्नु परेको विविध पीडालाई प्रस्तुत गरिएको छ । जीवन र नीतासँगै फिल्ममा दीपक ढकाल र एन्जल ढुंगानालगायतको पनि अभिनय छ । आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा एञ्जल ढुंगानाको लगानी छ । ईन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा थापा किम्भेको सम्पादन छ ।
For More videos Log on to Mazzako TV