निर्माता माधव वाग्लले फिल्म ‘लुट २’ बाट आफुलाई १७ करोड रुपैयाँ चाहिने बताएका छन् । गत साता आयोजित ‘लुट २’ को ट्रेलर रिलिज कार्यक्रममा निर्माता वाग्लले आफ्नो फिल्मले १७ करोड रुपैयाँको व्यापार गर्नु पर्ने आशा राखेका हुन् । किन भने त निर्माता वाग्लेले यस्तो ?

loot2-team

खासमा निर्माता वाग्लेले फिल्म ‘छक्का पञ्जा’ ले बनाएको रेकर्ड तोड्न ‘लुट २’ ले १७ करोडको व्यापार गर्नु पर्ने बताएका हुन् । ‘रेकर्ड तोडिनकै लागि बन्छ । म ‘छक्का पञ्जा’ ले बनाएको रेकर्ड तोड्न चाहान्छु । ‘छक्का पञ्जा’ ले १६ करोड कमाएको थियो मेरो फिल्मले १७ करोड कमाओस् भन्ने चाहान्छु ।’ के वाग्लेको ‘लुट २’ ले तोड्ला त ‘छक्का पञ्जा’ बनाएको ऐतिहासिक रेकर्ड ? यता निर्देशक निश्चल बस्नेतले भने चलचित्र जाँच पास समिति ‘सेन्सर वोर्ड’ लाई अग्रिम चेतावनी दिएका छन् । आफ्नो फिल्मलाई सेन्सर वोर्डले कैंची चलाएर पिजी दिएको खण्डमा आफुले उक्त प्रमाण नलिने बताएका छन् । ‘लुट २’ को वर्कसप यसरी भएको थियो :

प्रेसमिटमा निर्देशक बस्नेतले भने, ‘यदि विप राख्ने हो भने म चाहिं पिजी प्रमाण पत्र लिने वाला छैन । विप राख्ने हो भने युनिभर्सले प्रमाण पत्र दिनुपर्छ ।’ के निर्देशक बस्नेतको अग्रिम चेतावनीलाई सेन्सर सदस्यले मनन गर्लान् ? फागुन १७ गतेदेखि प्रदर्शनमा आउने ‘लुट २’ बहुप्रतिक्षित बनिरहेको छ ।

For More videos Log on to Mazzako TV