फिल्म ‘दर्पण छायाँ २’ को ‘क्लाइमेक्स’ को फेरि सुटिङ गरिएको छ । निर्देशक तुलसी घिमिरे दार्जिलिङ पुगी ‘क्लाइमेक्स’ को सुटिङ सकेर गत साता राजधानी फर्किइसकेका छन् । सुरुमा सोचे जस्तो ‘भीएफएक्स’ प्रविधिले साथ नदिएपछि निर्देशक घिमिरे ‘क्लाइमेक्स’ रिसुट गर्न बाध्य भएका हुन् ।

darpan-chhaya2-team-doc

झण्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जिलिङको जीटीए सभा हलमा गरिएको छ । जुन दृष्यका लागि मात्रै दार्जिलिङका ३० जना संगीतकर्मी जम्मा भएका थिए । सकेसम्म स्तरीय र वास्तविक देखाउने प्रयास गरिएको घिमिरेले बताए । उनले भने, ‘हामीले यही दृष्यलाई भीएफएक्स गर्न एक चरणको सुटिङ गरिसकेका थियौं । तर, यसको जिम्मा लिएका जय गिरीले राम्रो गर्न सकेनन् ।’

puspal-sahara

फिल्मको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन् । उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने ‘डान्स प्लस’ सिजन २ का फाइनलिस्ट हुन् । मुम्बईमा रहेर उनले कोरियोग्राफी अघि बढाइरहेका छन् । सुटिङका क्रममा भेटिएका लेप्चाले भने, ‘नेपाली फिल्मका नृत्यको कोरियोग्राफी गर्न पाउँदा खुशी लागेको छ ।’ उनले यो फिल्मका लागि १० जना स्टेप डान्सर समेत सिक्किमबाटै ल्याएका थिए ।

darpan-chhaya2-artistes-doc

फिल्मको छायांकन रामेश्वर कार्कीले गरेका हुन् । फिल्मको मुख्य भूमिकामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन् । सहारा फिल्मस्को पहिलो प्रस्तुति रहेको फिल्मको प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् । ‘दर्पण छायाँ’ फागुन २७ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV