नम्रता श्रेष्ठ र कोशिस क्षेत्री स्टारर फिल्म ‘पर्व’ को छायांकन सुरु भएको छ । शुक्रबार मध्यान्ह्बाट ललितपुरको च्यासल खेल मैदान नजिकै भव्य सेट लगाएर ‘पर्व’ को छायांकन सुरु गरिएको हो ।

nischal-basnet-mala-limbu

तर, शुक्रबारको सुरुवाती सुटिङमा नम्रता र कोशिसले भने टेक दिएनन् । ‘काले काले’ बोलको आइटम गीतमा नायिका माला लिम्बु र निर्देशक निश्चल बस्नेतले कम्मर मर्काए । शनिबारसम्म यो आइटम गीतको छायाँकन हुनेछ । दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘पर्व’ को सुटिङ तालिका ३५ दिनको छुट्याइएको छ ।

parva-pooja

सस्पेन्स थ्रीलर कथा भन्ने फिल्मको सम्पूर्ण छायाँकन काठमाण्डौंमा इन्डोर गरिने गरिनेछ । टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने फिल्म ‘पर्व’ एउटा पर्वमा घटेको घटनापछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने विभिन्न खालका क्रियाकलापमा यो फिल्म बन्ने निर्देशक राउतले बताए । सुवास गिरी र निकिता पौडेलको संयुक्त लगानी रहने फिल्म ‘पर्व’ मा नम्रता र कोशिससँगै माला लिम्बु, अमितेश शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना प्रस्तुत हुँदैछन् ।

parva-team

नायक कोशिश क्षेत्रीकै कथा रहेको फिल्म ‘पर्व’ मा किरण माइकलको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी यो फिल्ममा रहनेछ । ‘पर्व’ को प्रदर्शन मिति चैत्र २५ गते लाई तोकिएको छ ।

For More videos Log on to Mazzako TV