केपी ओलीको प्रशंसा गर्दै राजेश हमालले लेखे यस्तो स्टाटस
महानायक राजेश हमालले पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलको प्रशंसा गरेका छन् । शुक्रबार मध्यान्ह् आफ्नो फेसबुकमा छोटो स्टाटस लेखेर ओली र आफ्नो दुई तस्बिरहरु राख्दै महानायक हमालले ओलीको प्रशंसा गरेका हुन् । महानायक हमाल लेख्छन्, ‘कुनै पार्टी विशेषमा नलाग्नुको फाइदा राम्रो काम गर्नेको खुलेर प्रशंसा गर्न सकिंदो रहेछ । शुभकामना…’ महानायक हमालको स्टाटस यस्तो छ :
महानायक हमालले हालसम्म कुनै पनि पार्टीको सदस्यता लिएका छैनन् र कुनै पनि पार्टी विशेषको नीति तथा कार्यक्रमसँग सहमत हुने गरी सार्वजनिक रुपमा भाषण दिएका छैनन् । गएका चुनावी माहोलमा महानायक हमाल पार्टी प्रवेश गर्ने हल्ला चलेपनि त्यो हल्लामा मात्रै सिमित भएको थियो । पछिल्लो समय थुप्रै कलाकारहरु पार्टी प्रवेश गरिरहेको बेलामा महानायक हमालको यो स्टाटसबाट के बुझ्ने ? कलाकार पार्टी प्रवेश गर्नु गलत हो या नगर्नु चाहिं सही हो ?
For More videos Log on to Mazzako TV