अर्काको फिल्मको कुरा काट्ने प्रवृत्ति नेपाली फिल्म क्षेत्रमा विस्तारै कम हुँदै गैरहेको छ । एकले अर्काको फिल्मलाई ‘सर्पोट’ गर्ने परम्पराले एकताको संकेत दिइरहेको छ । यस्तैमा बहुप्रतिक्षित फिल्म ‘लुट २’ को प्रेसमिटमा उपस्थित भएर ‘छक्का पञ्जा’ का लेखक, निर्माता तथा अभिनेता दिपकराज गिरीले बधाई तथा शुभकामना दिएका छन् ।

dipak-raj-giri

बिहिबार आयोजित ‘लुट २’ को प्रेसमिटमा दिपकराजले भने, ‘अर्काको फिल्म चल्दा पिडा भएर रक्सी पिउन छोडौं । अब फिल्म क्षेत्रलाई एकताको खाँचो छ ।’ यो सँगै दिपकराजले ‘लुट २’ लाई आफ्नो फिल्मको रेकर्डलाई तोड्ने शुभकामना समेत दिए । उनले भने, ‘छक्का पञ्जाको रेकर्डलाई पनि ‘लुट २’ ले तोडोस् मेरो शुभकामना छ ।’  दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा’ ले १६ करोडको व्यापार गर्दै सर्वाधिक व्यापार गर्ने फिल्म बनेको छ भने फागुन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लुट २’ ट्रेलर रिलिज भएसँगै थप प्रतिक्षित बन्न गएको छ ।

For More videos Log on to Mazzako TV