loot2

बहुप्रतिक्षित फिल्म ‘लुट २’ को ट्रेलरले युट्युवमा नयाँ किर्तिमानी कायम गरेको छ । निश्चल बस्नेत निर्देशित यो फिल्मको ट्रेलरलाई १८ घण्टामा २ लाख ३२ हजार बढी पटक हेरिएको छ भने नेपालको युट्युव ट्रेन्डिङमा पनि पहिलो नम्वरमा छ । ट्रेलर हेर्नुस् :

यसअघि फिल्म ‘ड्रिम्स’ र ‘छक्का पञ्जा’ को ट्रेलरले २४ घण्टामा एक लाख बढी भ्यूअर्स पाएका थिए । ‘लुट २’ को ट्रेलरले सबै किर्तिमानीलाई तोडिदिएको छ । माधव वाग्ले र नरेन्द्र महर्जनसंयुक्त निर्माण रहेको फिल्म ‘लुट २’ मा सौगात मल्ल, दयाहाङ राई, कर्म, ऋचा शर्मा, विपिन कार्की, प्रविण खतिवडा, सुशिलराज पाण्डे र प्रतिकराज न्यौपानेको मुख्य भूमिका रहेको छ । फिल्म फागुन १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV