निश्चिल बस्नेत निर्देशित बहुप्रतिक्षित चलचित्र ‘लुट २’ को ट्रेलर रिलिज भएको छ । बिहिबार दरबारमार्गस्थित क्युज सिनेमा हलमा पत्रकार भेटघाटको कार्यक्रम राख्दै चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

haku-kalae

प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको फिल्म ‘लुट २’ मा सौगात मल्ल, दयाहाङ राई, कर्म, ऋचा शर्मा, विपिन कार्की, प्रविण खतिवडा, सुशिलराज पाण्डे र प्रतिकराज न्यौपानेको मुख्य भूमिका रहेको छ ।

‘लुट २’ को कथा र पटकथा निश्चल स्वयम्को हो । निर्मातमा माधव वाग्ले र नरेन्द्र महर्जन रहेका छन् । ‘लुट २’ फागुन १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

 

For More videos Log on to Mazzako TV