‘लभ सब्’ रिलिज पछि ‘ग्याङ्गस्टार ब्लूज’ मा संयम
नायक संयम पुरी नयाँ फिल्ममा अनुबन्धित भएका छन् । हेमराज विसीले निर्देशन गर्ने फिल्म ‘ग्याङ्गस्टार ब्लूज’ मा संयम अनुबन्धित भएका हुन् । ‘लभ सब्’ पछि दर्शकमाझ नआएका संयम अर्को सालको भदौ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा महत्वपूर्ण भूमिकामा प्रस्तुत हुनेछन् । संयमले अभिनय गरेको अर्को फिल्म ‘रातो घर’ प्रदर्शनको पर्खाइमा छ ।

आना शर्मा, आशिरमान देशराज, रोजिशा शाही र संयम सरोज न्यौपानेले निर्माण गर्ने फिल्म ‘ग्याङ्गस्टार ब्लूज’ का मुख्य पात्र हुन् । सहायक पात्रका लागी भने निर्माण पक्षले यही पुष २५ गते अनामनगरस्थित मण्डला नाटक घरमा अडिशनको आह्वान गरेको छ । त्यहाँ फिल्म ‘ग्याङ्गस्टार ब्लूज’ मा अभिनय गर्न चाहना जो कोहि पनि सहभागी हुन सक्नेछन् ।फागुनदेखि छायाँकन सुरु हुने फिल्मको कलाकार छनोट पछि लगत्तै वर्कसप सुरु हुनेछ । ‘ग्याङ्गस्टार ब्लूज’ मा मनिष पन्त कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
For More videos Log on to Mazzako TV







