मंगलबार साँझ राष्ट्रिय नाचघर जमलमा ‘महर्षि याज्ञ बैल्क्य’ नाटक मञ्चन गर्दा गर्दै हृदयघातका कारण निधन भएका कलाकार विष्णुभक्त फुँयाललाई श्रद्धाञ्जलीका लागि आज (बुधबार) बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रज्ञा प्रतिष्ठान कमलादिमा राखिने भएको छ । त्यसपछि प्रज्ञाबाट पशुपतिसम्म शव यात्रा गरिने नाटकका निर्देशक बद्री अधिकारीले जानकारी दिएका छन् ।

late-bishnubhakta-phuyal-docx

निर्देशक अधिकारीका अनुसार ७९ वर्षिय कलाकार फुँयालको पार्थिव शरीरलाई विधुतिय शव दाह गृहमा दाहसंस्कार गरिनेछ । ‘परिवारको चाहाना अनुसार नै यसो गर्न लागिएको हो’ निर्देशक अधिकारीले भने । स्व.फुँयालका तीन छोराहरु मध्ये कान्छा छोरा अमेरिकामा छन् भने दुई छोराहरु नेपालमा छन् । श्रीमतीको केही वर्ष पहिला निधन भैसकेको छ । पाँच दशक बढी समयदेखि फिल्म, टेलिफिल्म र रंगमञ्चमा सक्रिय कलाकार फुँयालको मंगलबार नाचघरमा ‘महर्षि याज्ञ बैल्क्य’ नामक नाटक मञ्चन गर्दै गर्दा हृदयघात हुन गएको थियो । उपचारको लागि विर अस्पताल पुर्याइएपनि उनलाई बचाउन सकिएको थिएन । अहिले उनको पार्थिव शरीरलाई टिचिङमा राखिएको छ । ‘तीतो सत्य’ मा ‘योर माइ लभ’ थेगोले दर्शकमाझ स्व.कलाकार फुँयाल चर्चित थिए ।

For More videos Log on to Mazzako TV