दयाहाङ र संजयसँग लण्डनमा प्रियंकाको ‘ह्याप्पी डेज’ ईन्डक्ल्याप
लण्डनमा छायाँकनरत फिल्म ‘ह्याप्पी डेज’ को सम्पूर्ण छायाँकन सकिएको छ । झण्डै ४५ दिनमा मिलन चाम्स निर्देशित यो त्रिकोणात्मक फिल्मको छायाँकन सकिएको हो । दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ताको मुख्य भूमिका रहेको ‘ह्याप्पी डेज’ को लगानी मात्रै एक करोड माथि आँकलन गरिएको छ ।

ईन्डक्ल्यापसँगै सार्वजनिक भएका तस्बिरहरु हेर्दा ‘ह्याप्पी डेज’ रिच लाग्छ । लण्डनका सुन्दर दृश्यहरुलाई निर्देशक चाम्सले पर्दामा उतारेका छन् । राजकुमार केसी र कोलिन पिक्को सिनेम्याटोग्राफी रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहेको छ भने तारा प्रकाश लिम्बुले संगीत दिएका छन् । फिल्मको सम्पादन अर्जुन जिसीले गर्नेछन् । बीपी खनालको प्रस्तुती रहेको फिल्ममा भवानी शर्मा र हिराल जोशीले लगानीमा साझेदारी गरेका छन् ।

‘ह्याप्पी डेज’ लाई आउँदो नेपाली बर्षको पहिलो महिना तिर प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । फिल्ममा प्रियंका, दयाहाङ र संयसँगै विक्की जोशी र मोनिका गुरुङले अभिनय गरेका छन् ।









