यही पुष २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘शब्द’ बाट नव नायिकाको रुपमा कमली वाईवा नेपाली फिल्म क्षेत्रमा आउँदैछिन् । सन्तोष सिवाकोटीले निर्देशन गरेको फिल्ममा कमलीले अभिनेता सौगात मल्लको जोडी भएर अभिनय गरेकी छिन् । सौगात र कमलीसँगै फिल्ममा रोयदिप श्रेष्ठ, अनुभव रेग्मी र ए.गुरुङको अभिनय रहेको छ ।

kamali-waiba-photo-docx

उसो त कमलीले ‘शब्द’ अगाडी फिल्म ‘भीमदत्त’ मा पनि अभिनय गरेकी थिइन् । ‘त्यो फिल्मबाट सोचे जस्तो सफलता पाउन सकिंन’ विगत १८ वर्षदेखि हङकङ बस्दै आइरहेकी कमली भन्छिन्, ‘हिरोइन बन्ने सानै देखिको रहर थियो । फिल्मको हिरोइन बन्न कमलीले कम्ता मिहेनत गरिनन् । ८५ केजीको वजन कम गरेर उनी फिल्मको हिरोइन बन्न तयार भएकी हुन् । ‘झण्डै तीस केजी तौल घटाएर फिल्मको हिरोइन भएँ । मान्छेको रहर कहिल्यै मर्दो रहेनछ’ कमलीले सुनाइन् । कसरी घट्यो त कमलीको त्यत्रो वजन ?

kamali-waiba-photo1-docx

‘यति धेरै डाइटिङ र एक्सरसाइज गर्नु पर्थ्यो’ कमलीले सुनाइन्, ‘कुनै बेला त डाइटिङ गर्दा आफैंले भुल्थें ।’ नेपालमा रहेका विभिन्न हेल्दी होमले आफ्नो ज्यान घटाउन सहयोग गरेको कमली बताउँछिन् । ‘शब्द’ सफल हुने विश्वास लिएकी कमली भन्छिन्, ‘अफर आए खेल्छु । नआएपनि बर्षको एउटा फिल्म चाहिं खेल्छु ।’

For More videos Log on to Mazzako TV