निखिल उप्रेती स्टारर फिल्म ‘किङ्ग’ को आधा मिनेट लामो ‘लातको भूत’ बोलको साँगीतिक प्रोमो रिलिज गरिएको छ । साँगीतिक प्रोमोमा निखिल अबिर र तरबारसँग खेल्दै प्रस्तुत भएका छन् । भिडियो हेर्नुस् :

बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रमोद ढुंगानाको शब्द र खेतन क्षेत्रीको स्वर छ । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । यसको पुरा भिडियो चाँडै रिलिज हुनेछ । सविर श्रेष्ठ निर्देशित फिल्म ‘किङ्ग’ मा निखिल शिर्ष भूमिकामा प्रस्तुत भएका छन् भने नायिका वेनिशा हमाल सोलो नायिकाको रुपमा प्रस्तुत भएकी छिन् ।

nikhil-uprety

निखिल र वेनिशासँगै ‘किङ्ग’ मा अनुपविक्रम शाही, रुपा राणा, जगन श्रेष्ठ, प्रज्जवल सुजल गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ । जयन श्रेष्ठको निर्माण रहेको फिल्म ‘किङ्ग’ लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।

For More videos Log on to Mazzako TV