‘हिटलर’ को ‘मःम चाउमिन’ अडियो गीत रिलिज
आउँदो सालको जेठ १२ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘हिटलर’ को अडियो गीत सार्वजनिक गरिएको छ । ‘तिमी चाउमिन खाँदै, म मःम बजाउँदै’ गीतमा लोचन घिमिरे र श्रेया सोताङको स्वर भने शब्द तथा संगीत पनि लोचन घिमिरेकै छ । लिरिकल अडियो सुन्नुस् :
सौरभ ढकाल निर्देशित फिल्म ‘हिटलर’ मा नायक सोहित मानन्धर र नव–नायिका समिया बर्तौलाको मुख्य भूमिका रहेको छ । अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो फिल्मका अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले ‘हिटलर’ निर्माणमा सहकार्य गरेका छन् ।

ए.आर पौडेलको छायांकन, लोचन घिमिरेको संगीत, किच्चामान चित्रकारको लेखन रहेको यो फिल्ममा कृष्ण के अच्छामीको कोरियोग्राफी छ । चिनिमाया मानन्धर निर्माता हुन् भने कार्यकारी निर्माता त्रिरत्न मानन्धर हुन् । लोचन घिमिरे र सौरभ ढकाल फिल्मका सह–निर्माता हुन् ।
For More videos Log on to Mazzako TV







