माघ २१ गतेदेखि फिल्म ‘परिणाम’ प्रदर्शनमा आउने भएको छ । हरि पराजुलीको निर्माण तथा निर्देशन रहेको यो फिल्मको सोमाबार प्रेसमिट गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

sarika-jharna-kisan

फिल्म ‘परिणाम’ मा मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल, किसन सुनार लगायत कलाकारहरुको अभिनय रहेको छ । प्रेसमिटमा निर्माता तथा निर्देशक पराजुलीले ‘परिणाम’ पुरानो र नयाँ दुवै धारको फिल्म नभएको बताए । उनले फिल्म राम्रो बनेको दाबी गरे । नारायण घिमिरेको लेखन रहेको फिल्ममा माधव शर्माको पटकथा एंव संवाद रहेको छ ।

parinam-team

कृष्ण बस्नेतले संगीत दिएको फिल्ममा एनबी महर्जन र कुमार महर्जनले द्धन्द्ध निर्देशन गरेका छन् । कमल राई र प्रिया पराजुली फिल्मका नृत्य निर्देशक हुन् । शिव ढकालले ‘परिणाम’ लाई खिचेका छन् ।

For More videos Log on to Mazzako TV