कुमारी र गुणमा ‘जात्रा’ ले पुरा गर्यो ५१ दिन
फिल्म ‘जात्रा’ ले राजधानीको कुमारी र गुण हलमा प्रदर्शनको ५१ दिन पुरा गरेको छ । मोफसलका केही हलहरुमा समेत ५१ दिन पुरा गरेको यो फिल्म युनिटले शनिबार कुमारी हलमा केक काट्दै ५१ दिनको खुसीयाली मनायो ।
निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रविन्द्रसिंह बाँनिया, अभिनेता विपिन कार्की, नायिका बर्षा राउत, निर्माता सिङ्गे लामा, छायाँकार दिर्घ गुरुङ लगायत ‘जात्रा’ का अन्य कलाकार तथा प्राविधिकले कुमारी हलमा केक काटेर खुसीयाली मनाए । गत कात्तिक २६ देखि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ मा विपिन कार्की, निर्माता बाँनिया, रविन्द्र झा अनि नायिका बर्षा राउतको मुख्य भूमिका रहेको छ । एक सय दिन मनाएको ‘छक्का पञ्जा’ पछि ‘जात्रा’ ले प्रदर्शनको ५१ दिन पुरा गरेको हो ।
For More videos Log on to Mazzako TV