‘राधे’ मा निखिलको यस्तो अवतार
नेपाली नयाँ बर्ष, बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘राधे’ को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फिल्मको फस्ट लुकमा नायक उप्रेती मात्रै छन्, नायिकाद्वाय प्रियंका कार्की र अशिष्मा नकर्मी छैनन् । ‘राधे’ को पोस्टरमा निखिललाई कमाण्डो अवतारमा प्रस्तुत गरिएको छ ।

हरि ओम् सिने मेकर्सको ब्यानरमा निर्माण गरिएको फिल्म ‘राधे’ मा जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको छ भने निर्माण सुशिल पोख्रेलले गरेका हुन् । हिमाल केसीको द्धन्द्ध, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको फिल्ममा निखिल, प्रियंका, अशिष्मा, शिशिर भण्डारी, प्रमोद अग्रहरी र सलोन बस्नेतको मुख्य भूमिका छ । निर्माता पोखरेलले दर्शकको चाहना अनुरुप फिल्म बनाएको बताएका छन् ।
For More videos Log on to Mazzako TV







