chultim-sunny

डल्ली उर्फ अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको चैत ११ देखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ को लिरिकल सङ्ग रिलिज भएको छ । ‘पानी पर्यो’ का अल्मोडा राना उप्रेतीको एरेञ्जिङ रहेको ‘माया माया’ बोलको गीतमा मानस राजको शब्द, स्वर तथा संगीत छ । चाँडै नै पुरा भिडियो रिलिज हुने ‘डायरी’ को यो गीतको लिरिकल भिडियो  सङ्ग हेर्नुस् :

अनिल योञ्जन निर्देशित फिल्म ‘डायरी’ को यसअघि टिजर र आइटम गीतको भिडियो रिलिज भैसकेको छ । रेखा थापा भिलेन अवतारमा प्रस्तुत भएको टिजरले राम्रो प्रतिक्रिया पाएको छ । निर्देशक योञ्जनसँग छेतेन गुरुङले स्क्रिप्ट राईटिङमा सहकार्य गरेका छन् । ‘डायरी’ मा रेखा र छुल्ठिमसँगै नव नायक सन्नी सिंहको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV