शिल्पा पोखरेल बनिन् दुई सन्तानकी आमा !
फिल्म ‘हामी शरणार्थी’ मा नायिका शिल्पा पोखरेल दुई सन्तानकी आमा बनेकी छिन् । दुई बच्चा बोकेर बाँण हान्दै गरेको उक्त फिल्मको पोस्टर सार्वजनिक भएको छ । जुन फिल्ममा शिल्पा मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् ।

भूणानी शरणार्थीले पाएको दुःख र कष्टलाई उतारिएको फिल्मलाई विजय ‘लिम्बु’ केरुङले निर्देशन गरेका हुन् । वैजु सिंहको पटकथा एंव संवाद रहेको फिल्ममा उत्तमजंग सिंहको संगीत छ । छायाँकन सौरभ लामाले गरेका छन् । कमल राईको नृत्य निर्देशन रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध निर्देशन छ । अर्जुन कुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश सिवाकोटीको संयुक्त लगानी रहेको फिल्ममा कृष्णप्रसाद पोखरेलको कार्यकारी निर्माण छ ।

शिल्पा अभिनित फिल्म ‘फागु’ रिलिजताका छायाँकन गरिएको फिल्म ‘हामी शरणार्थी’ को प्रदर्शन मिति भने तोकिएको छैन । जबकी शिल्पा निर्मात्री रहने फिल्म छविराज प्रोडक्सनको ‘मंगलम’ को प्रि प्रोडक्सनको कार्य सुरु भैसकेको छ ।
For More videos Log on to Mazzako TV







