निर्माता संघको अध्यक्ष पदमा आकाश निर्विरोध
चलचित्र निर्माता संघको भावी अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध निर्वाचित हुने भएका छन् । यही शुक्रबार हुने निर्माता संघको निर्वाचनमा आकाशको मात्रै उम्मेरद्वारी परेपछि उनी निर्विरोध अध्यक्ष हुने पक्का भएको हो । निर्वाचनको लागि बुधबार मनोनयन दर्ता प्रक्रिया सकिएको छ ।

यस्तै, महासचिव पदमा निर्माता रोज राणा पनि निर्विरोध हुने भएका छन् । उनको विरुद्धमा अरु कसैले पनि उम्मेरद्वारी दर्ता गराएका छैनन् । सचिव पदमा निर्माता छविराज ओझाको मात्रै उम्मेदवारी छ । यसकारण उनी पनि निर्विरोध विजयी हुनेमा परेका छन् । कोषाध्यक्ष पदमा निर्माता सुशिल पोखरेलको मात्र उम्मेदवारी परेको छ । तर उपाध्यक्ष पदका लागि केशव भट्टराई, माधव वाग्ले र गोविन्द शाहीबिच प्रतिस्पर्धा हुने देखिएको छ । यद्पी यो पदमा पनि मिलेर जान सक्ने सम्भावना बढी रहेको बताइन्छ ।
९ जना सदस्यका लागि ११ जनाको उम्मेरद्वारी परेको छ । यसका लागि करिश्मा मानन्धर, रोहित अधिकारी, दीपेन्द्र के खनाल, भानुप्रताप, निश्चल बस्नेत, दीपकराज गिरी, अर्जुनकुमार, चेतन सापकोटा, निकिता पौडेल, सुशान्त श्रेष्ठ, रौनक विक्रम कँडेलले उम्मेदावरी दिएका छन् । सदस्यमा पनि मिलेर अगाडी बढ्ने अभ्यास भैरहेको छ ।
For More videos Log on to Mazzako TV







