लाग्छ, नायिका प्रियंका कार्कीको जीवनमा ‘रेष्ट’ भन्ने शब्द नै छैन् । प्रियंका कुनै नै कुनै काममा आफुलाई व्यस्त राख्न चाहन्छिन् । फिल्म होस् या कार्यक्रम प्रियंकालाई व्यस्तताले पछ्याई रहन्छ, प्रियंका पनि व्यस्त भैदिन्छिन् ।

priyanka-usa

यसै साता फिल्म ‘ह्याप्पी डेज’ को सुटिङ सकाएर प्रियंका अंग्रेजी नयाँ बर्षको लागि लण्डनबााटै न्यूयोर्क उड्डेछिन् । त्यहाँ रहेका नेपाली दर्शकमाझ आफ्नो प्रस्तुती दिएर प्रियंका जनवरी पहिलो सातामा नेपाल फर्किनेछिन् । नेपाल फर्किएपछि पनि प्रियंकाले ‘रेष्ट’ भने गर्ने छैनन् । उनी फिल्म, एड् र कार्यक्रममै व्यस्त रहनेछिन् । ‘रेष्ट’ गर्नु पर्दैन् ? प्रियंका भन्छिन्, ‘के हो रेष्ट मलाई थाहा छैन् ।’

priyanka-karki-in-london

‘पुरानो डुङ्गा’ लण्डन प्रिमियरमा प्रियंका

यो वर्ष मात्रै प्रियंका अभिनित  ‘हाउ फन्नी’, ‘छक्का पञ्जा’ र ‘पुरानो डुङ्गा’ प्रदर्शनमा आए भने ‘लालटिन’ प्रदर्शनको क्रममा छ । ‘ह्याप्पी डेज’ सहित उनले ‘राधे’ को सुटिङ सकाएकी छिन् ।

For More videos Log on to Mazzako TV