जीवन र नीताको ‘लेक साइड’ शिर्ष गीत रिलिज (भिडियो)
जीवन लुईंटेल र नीता ढुंगाना फिचरिङ फिल्म ‘लेक साइड’ को शिर्ष गीतको भिडियो रिलिज भएको छ । चन्द्र ज्योती ढुंगानाको संगीत र सुगम पोखरेलको स्वर रहेको गीतको शब्द दिनेश सुनारले लेखेका हुन् । को शब्द रहेको यस गीतमा चन्द्र रहेको छ । गीतको भिडियो यस्तो बनेको छ :
राजु अधिकारीको निर्देशन रहेको फिल्म ‘लेक साइड’ मा पर्यटकीय नगरी पोखरको लेकसाइडमा एउटा युवकले संगीत क्षेत्रमा हात हालेपछि भोग्नु परेको विविध पीडालाई फिल्ममा देखाइएको छ । छिट्टै प्रदर्शन मिति तय गरिने यो फिल्मलाई एन्जल ढुंगानाले निर्माण गरेका हुन । इंदिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको ‘लेक साइड’ लाई पवन गौतमले छायांकन, तारा थापा किम्लेको सम्पाादन गरेका हुन् ।
For More videos Log on to Mazzako TV