दुवै मृगौला फेल भएका राईलाई विल्सनको सहयोग
बलिउड फिल्मको छायाँकन सकाएर भर्खरै नेपाल फर्किएका कलाकार विल्सन विक्रम राई उर्फ तक्मे बुढाले गृह जिल्ला झापाका दुबै मृर्गौला फेल भएका शनि अर्जुन–२ का ३६ वर्षीय भूपिन राईलाई आर्थिक सहयोग गरेका छन् ।

पुर्वको यलमबर टाइम्स साप्ताहिक पत्रिकाको कार्यलयमा विल्सनले ४६ हजार रुपैयाँ भुपिन राई बचाउ अभियानका संयोजक चतुर्भुज काफ्ले लगायतलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै विल्सनले अन्य सहयोगी मनलाई पनि आर्थिक सहयोग गर्न आव्ह्वान गरेका छन् । दुवै मृगौला फेल भूपिन राईको उपचारर्थ पुर्वमा आर्थिक सहयोग संकलन गर्न अभियान नै चलेको छ ।
For More videos Log on to Mazzako TV







