नेफ्टा जुरीलाई दिपकको व्याङ्ग्य, ‘सबै बिधामा हार्ने फिल्म कसरी बेस्ट ?’
दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्डको ‘ह्याङ’ अझै मेटिएको छैन । मनोमानी रुपमा बाँडिएको नेफ्टा अवार्डकै कारण महासचिव सुरज आचार्यले आफ्नो पदबाट सोमबार राजीनामा दिएका छन् भने फिल्मकर्मी माझ पनि यस्को चर्चाले ठाउँ छोडेको छैन् । यस्तै कलाकार दिपकराज गिरीले नेफ्टा अवार्डलाई लिएर मंगलबार बिहान ‘नमिठो’ व्याङ्ग्य हानेका छन् । विशेष गरी नेफ्टाका जुरी सदस्यहरुलाई दिपकको व्याङ्ग्या कडा छ ।

नवौं नेफ्टा अवार्डमा कुनै पनि विधामा अवार्ड नउचालेका दिपकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘दुर्बइमा भव्य अवार्ड भयो । आयोजकले बलिउडको अवार्ड झैं लाग्ने गरेर तैयारी पनि गरे, खान पिन , बसाई , स्वागत सब गज्जव थियो । तर हामीलाई के पच्थ्यो त्यो भब्यता र शिष्टता ? बिबादै विवाद । तनावै तनाव । यो सबै हलिउड शैलिले अवार्ड वितरण गरेकोले समस्या उत्पन्न भएको हा । लौ न यी ५ जनालाई एउटा तालिमको व्यबस्था मिलाइ दिउँ । सबैलाई बाँडनु हलिउड शैली हुदैन । बेष्ट डाइरेक्टर हुनलाई एक दुई वटा अरू अवार्ड दिनु पथ्र्यो, सबै बिधामा हार्ने फिल्म चाहिं कसरी बेष्ट फिल्म हुन्छ ?’
For More videos Log on to Mazzako TV







