महा-सचिवको राजीनामासँगै फुटको संघारमा प्राविधिक संघ
झण्डै दुई दशक लामो गरिमा बोकेका नेपाल चलचित्र प्राविधिक संघ नवौं नेफ्टा अवार्डसम्म आइपुग्दा विवाद र आलोचनाबाट घेरिएको छ । अध्यक्ष पुष्कर लामाको हालिमुहालीमा हालै दुबईमा सम्पन्न अवार्डसँगै नेफ्टामा विवाद चुलिएको हो । विवादकै कारण संघका महा सचिव सुरज आचार्यले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । दुबईबाट फर्किए लगत्तै महासचिव आचार्यले आफ्नो पदबाट राजनीनामा दिएका हुन् । राजीनामा पत्र यस्तो छ :

आचार्यले प्रस्तुत गरेको राजीनामा पत्रमा ‘नैतिकताको आधारमा’ आफुले राजीनामा दिएका उल्लेख गरेका छन् । नवौं नेफ्टा अवार्डमा मनोमानी भएको र मनोमानीलाई आफुले रोक्न नसकेको उनको राजीनामा खुलाएका छन् । बुझिए अनुसार प्राविधिक संघका अन्य पदाधिकारीले पनि राजीनामा दिने मनस्थिति बनाएका छन् । जसको फलस्वरुप प्राविधिक संघ फुटको संघारमा पुगेको छ । अब अध्यक्ष लामाले के गर्लान् ?
For More videos Log on to Mazzako TV







