‘दर्पण छायाँ २’ का कलाकारको ‘आमा घर’ लाई सहयोग
फिल्म ‘दर्पण छायाँ २’ का कलाकारहरुले सामाजिक सेवाभाव देखाएका छन् । दिलशोभा श्रेष्ठले सञ्चालन गर्दै आएको रविभनमा रहेको आमा घरको लागि ‘दर्पण छायाँ २’ का कलाकारहरुले एक दिनको खाद्यन्न वितरण गरेका हुन् । उक्त आमा घरमा ३५ जना आमाहरु छन् ।
कलाकारहरु साहारा, श्रद्धा प्रसाईं, फिरोज तिमल्सिना, जीवनले आमा घरका आमाहरुलाई एक दिन बराबरको खाद्यन्न वितरण गरेका हुन् । ‘यो फिल्मको प्रचार भन्दा पनि हामी आफैंले गरेको सानो सहयोग हो’ फिरोजले भने । यता डविङको लागि गएको साता अमेरिकादेखि नेपाल आएकी साहारले आमा घरमा फेरी पनि आउने बताइन् भने श्रद्धाले यसअघि पहिला पनि आमा घरमा आएर सक्ने सेवा गरेको बताइन् । डविङ गर्दाको मज्जाको भिडियो हेर्नुस् :
तुलसी घिमिरेको निर्देशन रहेको फिल्म फागुन २७ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा साहारा र पुष्पल खड्का मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
For More videos Log on to Mazzako TV