गत शनिबार दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्ड निर्देशक दिपेन्द्र के. खनालले बहिस्कार गरे । राष्ट्रियदेखि हालसम्म नेपालमा आयोजित अवार्डमा ‘पशुपति प्रसाद’ बाट उत्कृष्ट फिल्म र निर्देशन सहित अन्य महत्वपूर्ण विधामा अवार्ड पाउँदै आएकोमा नेफ्टामा निर्देशकको अवार्ड अर्कैले उचालेपछि दिपेन्द्र अवार्ड बहिस्कार गर्न बाध्य भएका थिए । किन गरे त दिपेन्द्रले अवार्ड बहिस्कार ? बहिस्कार पछि नेफ्टा पदाधिकारीले के के भने ? मज्जाको अनलाइनडटकमसँग दिपेन्द्रले यस बारेमा आफ्ना केही भनाईहरु राखेका छन् ।

dipendra-k-khanal

दुबई उड्नु अगाडीसम्म कसले कुन अवार्ड पाउँछ ? केही पनि थाहा थिएन । मैंले न कोहीसँग कुरा गरेको थिएँ,न ‘लविङ’ नै । पछि उत्कृष्ट निर्देशक र फिल्मको अवार्ड फरक फरक व्यक्ति र फिल्मले पाएपछि चाहिं म आफैंलाई लाज लाग्यो । निर्देशन विधामै नपाएपछि फिल्मको अवार्ड उचाल्न नैतिकताले दिएन, दिपक दाई (दिपकराज गिरी) ले लिनु भयो । मैंले पाएको बाँकी बिधाको अवार्डपनि सिटमैं छोडेको थिएँ । पछि कसले रुमसम्म ल्याइदिएछ । रुममै आएको अवार्ड चाहिं छोड्न मन लागेन । आफ्नो देशको अवार्ड किन अरुको देशमा छोड्नु जस्तो लाग्यो । त्यसैले ल्याएँ । तर म नेफ्टाको कार्यालयमै गएर पाएजति अवार्ड स-सम्मान फिर्ता गर्छु । यो एउटा पाठ पनि हो । भिडियो हेर्नस् :

मैंले अवार्ड बहिस्कार गरेपछि नेफ्टाका सबै सदस्यले माफी माग्दै जुरीले गद्धारी गरेको बताउनु भयो । नेपालको एयरपोर्टमा झर्दा पनि आफ्ना सन्तानको कसम खाँदै महासचिव सुरज आचार्यले मसँग माफी माग्नु भयो । अध्यक्ष पुष्कर लामाले दुबईमै माफी मागि सक्नु भएको थियो । जुरी सदस्यको अनुहार अध्याँरो थियो । उहाँहरुले सिधा हेर्न सक्नु भएन ।

For More videos Log on to Mazzako TV