अभिनेत्री करिश्मा मानन्धर र सौन्दर्यता नेपाली फिल्म क्षेत्रमा परिपुरक जस्तै मानिन्छन् । नयाँ शक्ति पार्टीको सदस्यता लिएर राजनीतिक करिअर सुरु गर्दा पनि करिश्माले आफ्नो सौन्दर्यतालाई डगमगाउन दिएकी छैनन् । राजनीतिक सभा होस् या फिल्मी अवार्ड, करिश्माको सौन्दर्यताको चर्चा भएरै छाड्छ ।

karishma-manandhar

सौन्दर्यतालाई कायम राख्न भने करिश्मालाई कम्ता चुनौती छैन् । स्वस्थ आहार, नियमित व्यायम अनि नयाँ नयाँ ट्रिट्मेन्ट । हालै करिश्माले आफ्नो कपालको ट्रिट्मेन्ट गराएकी छिन् । अवार्ड समारोहमा सहभागी हुंन दुबई गएको अवसरमा करिश्माले आफ्नो कपालमा नयाँ ‘कर्ली’ कपाल जोडेकी छिन् । जुन जोडिएको कपाल चानचुने होइन् । त्यस्को मूल्य मात्रै डेढ लाख पर्न आउँछ । करिश्मा पहिरण र सौन्दर्य सामग्रीमा खर्च गर्न डराउँदिनन् ।

karishma-beautician

जोडिएको नयाँ कपालले करिश्मालाई नयाँ लुक्स दिएको छ । बुझिए अनुसार यो कपाल करिब एक वर्षसम्म रहन्छ तर स्याहार गर्न भने त्यति सजिलो छैन ।

For More videos Log on to Mazzako TV