मोटो रकममा ‘मेरो पैसा खोई ?’ मा बर्षा राउत अनुबन्धित
हिन्दी फिल्मका निर्देशक विवेक शर्माले निर्देशन गर्ने फिल्म ‘मेरो पैसा खोई ?’ मा नायिका बर्षा राउत अनुबन्धित भएकी छिन् । निर्माता रोज राणाका अनुसार निर्देशक शर्माको रोजाइमा बर्षा परेकी हुन् ।
‘छक्का पञ्जा हेरेपछि निर्देशक ज्युले फाइनल गर्नु भएको हो’ निर्माता राणाले भने, ‘उहाँले अडिसन पनि लिनु भएको थियो ।’ कति पारिश्रमीक रकममा राजी भइन् त बर्षा ? रोजले भने, ‘उहाँले मागे जति दिएका छौं । बुझिए अनुसार बर्षाले ‘मेरो पैसा खोई ?’ बाट चलनचल्तीका नायिकाले लिने भन्दा बढी रकम लिएकी छिन् । सामान्यतः नायिकाले एउटा फिल्म खेले वापत डेढदेखि तीन लाखसम्म पाउँदै आएका छन् । बर्षाले यो भन्दा बढी पारिश्रमीक रकम पाएको निर्माता राणाले बताएका छन् ।
माघको दोश्रो सातादेखि फ्लोर पस्ने फिल्म ‘मेरो पैसा खोई ?’ मा बर्षासँगै अर्की नायिका बर्षा सिवाकोटी, अभिनेता सौगात मल्ल, कलाकार बुद्धि तामाङ र नव नायक सागर तिवारी अनुबन्धित भएकी भैसकेका छन् ।
For More videos Log on to Mazzako TV