के ‘समर्पण’ लाई मिल्ला त दर्शकको साथ ?
प्रदर्शनको अन्तिम पर्खाइमा रहेको फिल्म ‘समर्पण’ टिमले आइतबार प्रेसमिट गरेको छ । पुष १५ गतेदेखि प्रदर्शनमा आउने फिल्मका निर्माता तथा कलाकारहरुले दर्शकले ‘समर्पण’ लाई मन पराउने विश्वास व्यक्त गरे ।
बसन्त निरौलाको निर्देशन रहेको फिल्म ‘समर्पण’ मा रोजन रखाल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवि शर्मा, आशा भूषाल, अञ्जु पराजुली लगायतको अभिनय रहेको छ । फिल्मलाई बंगलादेशका नागरिक इमरान सिद्धिकीले निर्माण गरेका हुन् ।
टंक बुढाथोकीले संगीत दिएको फिल्ममा दिव्य सुवेदी, दिनेश वान्तवा र जय कुमार दर्लामी मगरको छायाँकन रहेको छ ।
आमिर खान स्टारर हिन्दी फिल्म ‘दंगल’ को दब्दबा रहेको नेपाली हलमा के ‘समर्पण’ ले दर्शकको साथ पाउँला त ?