‘पशुपती प्रसाद’ का निर्देशकद्वारा नेफ्टा अवार्ड बहिस्कार
फिल्म ‘पशुपती प्रसाद’ का निर्देशक दिपेन्द्र के.खनालले नेफ्टा अवार्ड बहिस्कार गरेका छन् । शनिबार राती दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्डमा उनी निर्देशित फिल्म ‘पशुपति प्रसाद’ ले उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो । समारोहमा उपस्थित भएका दिपेन्द्र उक्त अवार्ड लिन स्टेज नउक्लिएर नेफ्टा अवार्ड बहिस्कार गरेका हुन् ।

फाईल तस्बिर
राष्ट्रिय पुरस्कारमा समेत उत्कृष्ट निर्देशकको अवार्ड पाउन सफल दिपेन्द्रलाई नेफ्टाले पुरस्कार दिन आवश्यक नठानेपछि उनले अवार्ड बहिस्कार गरेका हुन् । दिपेन्द्रले पाउँदै आएको उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘वडा नं ६’ बाट उज्जवल घिमिरेले पाए । जबकी ‘वडा नं ६’ लाई संगीत संयोजनमा बाहेक अरु कुनै पनि विधामा अवार्ड दिइएको छैन् । श्रोतका अनुसार दिपेन्द्र कुर्सीबाट नउठेपछि दिपकराज गिरी गएर दिपेन्द्रको अवार्ड लिइदिएका थिए ।
यस्तै हालसम्म सम्पन्न अवार्डमा उत्कृष्ट सम्पादन र सिनेम्याटोग्राफीको अवार्ड पाउँदै आएका सुरेन्द्र पौडेल ‘क्लासिक’ र पुरुषोत्तम प्रधान, संजय लामा ‘ड्रिम्स’ लाई अवार्ड दिइएन भने यस वर्ष ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ निर्देशन गरे वापत निर्देशक दिपाश्री निरौलालाई प्रोत्साहन पुरस्कार दिइयो । नवौं नेफ्टा अवार्डका विजेताको नामावली यस प्रकार छ :
सर्बोत्कृष्ट श्रृंगार : दिपु पौडेल ( को आफ्नो )
सर्बोत्कृष्ट भेषभुषा : युबी थापा/योगिता पुन ( प्रेम गीत )
सर्बोत्कृष्ट कला : पासांग टि शेर्पा ( वडा नं ६ )
सर्बोत्कृष्ट द्वन्द : हिमाल केसी ( भैरब )
सर्बोत्कृष्ट संगीत संयोजन : राजन ईशान ( वडा नं ६ )
सर्बोत्कृष्ट ध्वनी मिश्रण : उत्तम न्यौपाने ( धौली )
सर्बोत्कृष्ट पार्श्वसंगीत : सुजिल कर्माचार्य ( फन्को )
सर्बोत्कृष्ट गीतकार : कृष्ण हरि बराल ( नाई नभन्नु ल ४ )
सर्बोत्कृष्ट कथा : रामाबाबु गुरुङ ( कबड्डी कबड्डी )
सर्बोत्कृष्ट सम्बाद : खगेन्द्र लामिछाने ( पशुपतिप्रसाद )
सर्बोत्कृष्ट पटकथा : सुबर्ण थापा ( फन्को )
सर्बोत्कृष्ट हास्यकलाकार : विल्सन बिक्रम राई ( अधकट्टी )
सर्बोत्कृष्ट सह अभिनेता : प्रकाश घिमिरे ( पशुपतिप्रसाद )
सर्बोत्कृष्ट सह अभिनेत्री : निश्मा घिमिरे ( जन्मभूमि )
सर्बोत्कृष्ट गायिका : अन्जु पन्त ( प्रेमगीत )
सर्बोत्कृष्ट गायक : सुगम पोखरेल ( प्रेमगीत )
सर्बोत्कृष्ट संगीतकार : अर्जुन पोखरेल ( प्रेमगीत )
सर्बोत्कृष्ट नृत्य : रेनेसा बान्तवा राई ( प्रेमगीत )
सर्बोत्कृष्ट सम्पादन : बिपिन मल्ल ( फन्को )
सर्बोत्कृष्ट छॉयाकार : पुरूषोत्तम प्रधान ( नाई नभन्नु ल ४ )
सर्बोत्कृष्ट खलपात्र : बिपिन कार्कि ( पशुपतिप्रसाद )
सर्बोत्कृष्ट नवनायिका : साम्रज्ञ्य राज्यलक्ष्मि शाह ( ड्रिम्स )
सर्बोत्कृष्ट नवनायक : पल शाह ( नाई नभन्नु ल ४ )
पपुलर नायिका : पुजा शर्मा ( प्रेमगीत )
पपुलर नायक : अनमोल केसी ( ड्रिम्स )
पपुलर चलचित्र : ड्रिम्स
सर्बोत्कृष्ट नायिका : नम्रता श्रेष्ठ ( क्लासिक )
सर्बोत्कृ्ष्ट नायक : दयाहांग राई ( कबड्डी कबड्डी )
सर्वोत्कृष्ट चलचित्र : पशुपतिप्रसाद
सर्वोत्कृष्ट निर्देशक : उज्जवल घिमिरे ( वडा नं ६ )
लाईफ़ टाईम अवार्ड : कुल बहादुर महत ( जेठा दाई )
भान्छा : आनन्द बहादुर मगर ( नन्दु )
उत्कृष्ट जनजाति चलचित्र : तिमि नभए
पृथक योगदान सम्मान : सिताराम कट्टेल,कुन्जना घिमिरे
प्रोत्साहन सम्मान : दिपाश्री निरौला ( निर्देशक छक्का पन्जा )
नेफ्टा स्वर्णिम सम्मान :भुवन चन्द थापा, चैत्यदेबी सिं, बसुन्धरा भुसाल








