सातौं सातामा ‘जात्रा’, पार गर्ने भो ५१ दिनको यात्रा
फिल्म ‘जात्रा’ प्रदर्शनको सातौं सातामा प्रवेश गरेको छ । अब यो फिल्मले अर्को साता राजधानीका क्युएफएक्स अन्र्तगतको कुमारी र गुण सिनेमा हलमा प्रदर्शनको ५१ दिन पुरा गर्नेछ । ‘छक्का पञ्जा’ पछि सफलताको खुसीयाली ‘जात्रा’ ले लिइरहेको छ । ‘जात्रा’ कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको हो ।

प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रा’ मा बिपिन कार्की, रविन्द्रसिंह बाँनिया, रविन्द्र झा र बर्षा राउत मुख्य भूमिकामा प्रस्तुत भएका छन् । डेव्यु निर्देशक भट्टराईको कामलाई सबैले तारिफ गरेका छन् भने कलाकारहरु आफ्नो भूमिकामा सशक्त देखिएका छन् । फिल्मले उत्कृष्ट समिक्षा पाइरंहदा आमिर खान स्टारर बहुप्रतिक्षित फिल्म ‘दंगल’ तगारो बन्न आएको छ ।
For More videos Log on to Mazzako TV







