अवार्ड अनि विवाद ! नेपाली अवार्डमा यी दुई पक्ष परिपुरक जस्तै देखिएका छन् । नेपाली फिल्म क्षेत्रमा अवार्ड र विवाद ‘रोग’ को रुपमा विस्तार भैरहेको छ । आयोजक संस्थाले विविध विधामा ‘वार्गेनिङ’ गर्दा अवार्ड स्वतः विवादमा फस्न जान्छ । फेरी एकपटक नेफ्टा अवार्ड विवादमा तानिएको छ । ‘वार्गेनिङ’ का कारण शुक्रबार दुबईमा आयोजना हुंन गैरहेको नेफ्टा अवार्डमा चलचित्र विकास विकास वोर्डका अध्यक्ष राजकुमार राई र थुप्रै नाम चलेका कलाकारहरु सहभागी हुँदै छैनन् ।

rajkumar-rai

पुष्कर लामालाई चलचित्र प्राविधिक संघको अध्यक्ष बन्ने आशिष दिएका विकास वोर्ड अध्यक्ष राईको दुबईको असहभागिताले पनि नेफ्टा अवार्ड विवाद मुक्त छैन भन्नेमा दुई मत छैन । आफ्ना आसेपासेका सामान्य कार्यक्रमहरुमा पनि प्रमुख अतिथि बन्न पुग्ने विकास वोर्ड अध्यक्ष राई किन गएनन् त आफुले बनाएका अध्यक्षले आयोजना गरेको अवार्ड समारोहमा ? बजारमा चर्चा भए अनुसार दुबई उडान गर्नेहरुको नामावली अध्यक्ष राईले तयार गरेका हुन् । जुन चर्चा सत्य नभएको राई स्वयमले बताएका छन् । बजारमा भएको चर्चा र भित्री सत्यता अर्कै भएपछि अध्यक्ष राईले दुबईको नेफ्टा अवार्डबाट हात उठाएका हुन् । ‘नखाएको विष’ लाग्ने डरले राई दुबई नगएपछि यसको चर्चा र चासो सर्वत्र भएको छ ।

9th-nefta-award

सबैभन्दा लाजमर्दो पक्ष त के छ भने अवार्ड समारोहमा सहभागी हुने कतिपय नाम चलेका कलाकारहरुको फोटो राखेर नेफ्टाले प्रचार गरिरहेको छ । आफ्ना प्रिय कलाकार आउने भ्रममा दुबईका दर्शकले टिकट समेत काटी सकेका छन् ।भुवन केसी, रेखा थापा, अनमोल केसी, दयाहाङ राई, सौगात मल्ल, श्वेता खड्का, प्रियंका कार्की, प्रदीप खड्का लगायत नाम चलेका कलाकारहरुको असभागिताले पक्कै पनि अवार्ड समारोहको शोभा बढ्ने छैन । अवार्ड प्रतिको अलोकप्रियता, अविश्वास, आफ्नै कारण र विदेशमा विचल्ली पर्ने शंकाले यी कलाकारहरु नेफ्टामा सहभागी नभएका हुन् । यद्पी यी कलाकारहरुसँग पनि नेफ्टाले आफ्नै किसिमको ‘वार्गेनिङ’ गरेको खबरहरु सार्वजनिक भैरहेका छन् ।

For More videos Log on to Mazzako TV