हेमराज विसीले निर्देशन गर्ने नयाँ फिल्म ‘ग्याङस्टार ब्लुज’ मा नयाँ नायिका थपिएकी छिन् । मिस नेपाल अर्थ (२०१३), मोडल तथा कान्तिपुर टेलिभिजनकी भिजे रोजिशा शाही ठकुरी ‘ग्याङस्टार ब्लुज’ पक्का भएकी हुन् । अब फिल्ममा आशिरमान देशराज जोशी, आना शर्मा र रोजिशाको मुख्य भूमिका रहनेछ ।

rojisha-shahi-thakuri

‘मलाई टिमबाटै कल आएको हो’ रोजिशाले भनिन्, ‘निर्देशक हेमराज विसी सरसँग भेटेर कुरा भएपछि फिल्मको लागि पक्का भएको हो ।’ फिल्ममा रोजिशाको एक्सन भूमिका रहनेछ । सिन्धुली स्थायी घर भएकी रोजिशा मास्टर्स पहिलो वर्ष ‘ज्वईन’ गर्ने तयारीमा छिन् । सौन्दर्य प्रतियोगिता, भिजे, मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रोजिशाले ‘आधा लभ’ नामक फिल्ममा अभिनय गरिसकेकी छिन् ।

rojisha-shahi-thakuri1

सरोज न्यौपाने निर्माता रहेको फिल्म ‘ग्याङस्टार ब्लुज’ को यतिबेला प्रि प्रोडक्सन चलिहरको छ । आशिरमान र आना फिल्मको तयारीमा व्यस्त छन् । रोजिशाले पनि यसै सातादेखि आफ्नो तयारी थाल्नेछिन् । मनिष पन्तले कार्यकारी अभिभार सम्हालि रहेको फिल्मको आउँदो महिनादेखि छायाँकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV