कृतिसँग ‘सरी’ माग्दै जीवन जंग (भिडियो)
नेपाली साँगीतिक बजारमा ‘आइएम सरी’ बोलको नयाँ म्युजिक भिडियो आएको छ । अशिम केसीको संगीत, शब्द र स्वर रहेको भिडियोमा नव प्रतिभा जीवन जंग थापा र कृति क्षेत्री फिचरिङ छन् । जीवन र कृति दुवैको यो पहिलो म्युजिक भिडियो हो । दिलिप समनले निर्देशन गरेको भिडियो यस्तो छ :
केएल टावर र नारायणथानको एक रिसोर्टमा सुट गरिएको यस भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन् । एरेञ्जिङ ब्रिजेश श्रेष्ठको छ । प्रेममा परेका जोडीलाई भिडियो मन पर्न सक्छ ।
For More videos Log on to Mazzako TV