बर्षा भन्छिन्, ‘तत्काल बिहे गर्दिन तर बच्चाको चाहना छ’
पछिल्ला दुई सफल फिल्महरु ‘छक्का पञ्जा’ र ‘जात्रा’ मा जोडिएकी नायिका हुन्, बर्षा राउत । यी फिल्महरुमा बर्षा जोडिएकी मात्रै छैनन्, आफ्नो अभिनय कौशलबाट उनले दर्शकको मन पनि जितिरहेकी छिन् । दर्शकको मनमा बस्न सफल यी नायिकाले बिहे चाहिं कहिले गर्लिन् त ?
‘तत्काल बिहे गर्ने सोच छैन’ बर्षाले फ्याट्टै भनिन्, ‘एक त उमेर पनि पुगेको छैन । अर्को कुरा अहिले बिहे गर्ने सोच पनि छैन ।’ के उसो भए लगालगको सफलता बिहेको लागि बाधक बनिरहेको हो ? बर्षाले खुलाइन्, ‘त्यो पनि अर्को कारण हो । बिहे गरेर म आफ्नो करिअर यही रोक्न चाहन्न ।’ बिहेपछि चल्तीका नायिकाको फिल्मी करिअर रोकिएका थुप्रै उदाहरण छन् । सायद यही सत्यतालाई बर्षाले बुझेको हुनुपर्छ । बिहे जहिले भएपनि बर्षा बच्चा भने जन्माउने अठोट लिन्छिन्, त्यही पनि छोरी होस् भन्ने उनको चाहना छ ।
‘सायद आफु पनि छोरी भएर होला मलाई छोरी नै होस् भन्ने लाग्छ’ बिहेपछिको चाहना बारे बर्षा भन्छिन्, ‘छोरीहरुको लुगा पनि राम्रो हुन्छ नि त !’ उसो त बर्षालाई चकचके बच्चा उति मन पर्दैन् । ‘तर क्युट र ज्ञानी बच्चा भने काखमा लिन मन पर्छ’ उनी भन्छिन् । त्यसैले ‘छक्का पञ्जा’ को एक सय दिने सेलिव्रेसनमा बर्षाले फिल्मकै बाल कलाकार (छोरी) लाई च्याप्प समातेर फोटो खिचाइन् । फिल्ममा यी बाल कलाकार बर्षाको छोरीको भूमिकामा छिन् ।
प्रेमी संजोग कोइरालासँग बर्षाको कहिले होला बिहे ? अनि कहिले होला बच्चा ? प्रतिक्षिा गरौं । अहिलेलाई भने संजोग र बर्षासँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :