फिल्मकर्मी कांग्रेस पस्दा सरिता लामिछाने किन परिन् चकित ?
बुधबार एक झुण्ड फिल्मकर्मी नेपाली कांग्रेस प्रवेश गरेका छन् । चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईको संयोजकत्वमा १० जना कलाकर्मीको टोली बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा टिका थाप्न पुगेको थियो ।

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्राविधिक संघ अध्यक्ष पुस्कर लामा, गायक युवराज चौलागाईं, नायिका रिस्ता बस्नेत, कलाकार विपना बस्नेत, नृत्य निर्देशक पुर्णम राई, मोडल नम्रता योगी, प्रतिक्षा खड्का, रन्जु सुनामले कांग्रेस सभापती देउवाको हातबाट टिका लगाउँदै आफु कांग्रेसी भएको पुष्टि गरे । यता मंगलबारदेखि नै कांग्रेसमा प्रवेश गर्ने भनेर चर्चा गरिएकी अभिनेत्री सरिता लामिछाने भने बुधबार टिका थाप्ने कार्यक्रममा देखा परिनन् । जबकी कांग्रेसले जारी गरेको विज्ञप्तीमा सरिताको पनि नाम थियो । किन लगाइनन् त सरिताले कांग्रेसको टिका ? ‘म कुनै पनि पार्टी प्रवेश गर्ने भन्ने कुरा नै भएको छैन’ सरिताले भनिन्, ‘यो कुरा कहाँबाट आयो हामी आफैं चकित परेका छौं ।’

पार्टी प्रवेश गर्ने बारे घरमा समेत सल्लाह नभएको सरिताले बताइन् । तर कुरा कहाँबाट आयो त ? ‘कहाँबाट आयो, नभएको कुरालाई हामीले पनि खोजी गरेका छैनौं ।’ उनले हालसम्म कुनै पनि पार्टीको सदस्यता लिएकी छैनन् ।
For More videos Log on to Mazzako TV







