साम्राज्ञीको रोजाइमा सौगात !
नयाँ पुस्तामा सबैको रोजाइमा परेकी नायिका हुन्, साम्राज्ञीराज्य लक्ष्मी शाह । ‘ड्रिम्स’ डेव्यु यी नायिका धेरैको ‘ड्रिम गर्ल’ बन्न पुगेकी छिन् । पर्दामै पनि धेरै नायकले उनीसँग रोमान्स गर्ने रहर रहेको बताउँदै आइरहेका छन् । तर साम्राज्ञी स्वयम् चाहिं कोसँग स्क्रिन सेयर गर्न चाहान्छिन् त ?
मज्जाको टिभीसँगको गफगाफमा उनले अभिनेता सौगात मल्लसँग स्क्रिन सेयर गर्ने रहर भएको बताइन् । ‘उहाँ अभिनयको हिसाबले एकदमै भर्सटायल हुनुहुन्छ । उहाँसँग काम गर्यो भने मैंले पनि केही सिक्छु जस्तो लाग्छ’ पछिल्लो फिल्म ‘तिमीसँग’ मा अनुबन्धित भएकी साम्राज्ञीले भनिन्, ‘यसकारण म उहाँसँग काम गर्न चाहान्छु ।’ साम्राज्ञीले दोश्रो फिल्म ‘ए मेरो हजुर २’ को भर्खरै सुटिङ सकाएकी छिन् । साम्राज्ञीसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् ।