बलिउड निर्देशक विवेक शर्माले निर्देशन गर्ने नेपाली फिल्म ‘मेरो पैसा खोइ’ को कलाकार तथा प्राविधिक पक्का भएका छन् । मंगलबार साँझ एक जमघट गर्दै निर्माता रोज राणाले फिल्मका मुख्य कलाकार तथा प्राविधिक पक्का भएको जानकारी दिदैं उनीहरुको नाम खुलाए ।

mero-paisa-khai-team

निर्माता राणाका अनुसार फिल्म ‘मेरो पैसा खोइ’ मा अभिनेता सौगात मल्ल, नायिका बर्षा सिवाकोटी, नव नायक सागर तिवारी, कलाकारहरु बुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लगायत कलाकारहरुको अभिनय रहेनछ । मौनता श्रेष्ठको पटकथा, बसन्त सापकोटाको संगीत र चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहने फिल्ममा हरी घलेको छायाँकन रहनेछ भने गीतको शब्द दयाराम पाण्डेले लेखेका छन् ।

mero-paisa-khai-team1

फिल्म ‘मेरो पैसा खोइ’ को छायाँकन माघको दोश्रो सातादेखि सुरु हुनेछ । नेपाली र हिन्दी दुवै भाषामा डव हुने फिल्मको काठमाण्डौं, पोखरा, जोमसोम र बुटवल लगायत क्षेत्रमा छायाँकन हुनेछ ।

For More videos Log on to Mazzako TV