फागुन २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘दर्पण छायाँ २’ को डबिङ कार्य सुरु भएको छ । तुलसी घिमिरे निर्देशित यो फिल्मको चक्रपथस्थित भेनस रेकर्डिङ स्टुडियोमा यसै सातादेखि स्वराङ्कन कार्य सुरु भएको हो । यतिबेला नायक पुष्पल खड्का र नायिका साहारले आफ्नो स्वर डव गराइरहेका छन् ।

sahara

‘दर्पण छायाँ २’ बाट नायिकाको रुपमा डेव्यु भएकी साहारा फिल्मको डविङकै लागि गत साता अमेरिकादेखि नेपाल आएकी हुन् । छायाँकन सकेर उनी अमेरिका फर्किएकी थिइन् । ‘पढाइले गर्दा धेरै बस्न पाइँन’ साहाराले भनिन् । डविङ सकेर आउँदो साता साहारा फेरी अमेरिका फर्किनेछिन् । परिवार सहित अमेरिकामा सेटल भएकी साहारा त्यहाँ अध्ययनरत छिन् ।

darpan-chhaya2-team

निर्देशक घिमिरेकै लेखन रहेको फिल्म ‘दर्पण छायाँ २’ लाई सावु गदाल कार्की र रवि कार्कीको संयुत्त रुपमा निर्माण गरेका हुन् । युवा पुस्ताको लभ स्टोरी भन्ने फिल्ममा पुष्पल र साहारा सहित फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं, भारती घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘दर्पण छायाँ २’ को टिजर र गीतले दर्शकको मन जितिरहेका छन् ।

For More videos Log on to Mazzako TV