स्व.कलाकार आरपी भट्टराई ‘लाजालाम’ लाई बाह्रौ पुण्य तिथिमा कलाकर्मीहरुले सम्झिएका छन् । मंगलबार दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रङ्गणमा स्व.भट्टराईको तस्बिरमा फूलको गुच्छा तथा माला अर्पण गरेर उनीहरुले श्रद्धाञ्जली व्यत्त गरे ।

rip-rp

दिपकराज गिरी र दीपाश्री निरौलाको संयोजकत्वमा आयोजना भएको उक्त श्रद्धाञ्जली सभामा दर्जनौं कलाकार, प्राविधिक तथा साँगीतिक क्षेत्रका व्यत्तिहरु सहभागी थिए । दिपक र दीपा सहित बरिष्ठ कलाकार हरिवंश आचार्य, वसुन्धरा भूषाल, जितु नेपाल, मनोज गजुरेल, नारद खतिवडा लगायत कलाकारहरु सहभागी थिए । जितु नेपालले सञ्चालन गरेको शोक सभामा हरिवंश, दिपक र दिपा लगायतले सम्बोधन गरेका थिए ।

haribamsha-aacharya

गायक समेत रहेका आरपीको गृह नगर विराटनगरमा असमायिक निधन भएको थियो । यस्तै निर्देशक उज्जवल घिमिरे, अभिनेत्री सरिता लामिछाने, नायिका बर्षा राउत लगायत अन्य फिल्मकर्मी पनि उपस्थित थिए । गायक समेत रहेका आरपीको गृह नगर विराटनगरमा असमायिक निधन भएको थियो । उनका एक श्रीमती र दुई सन्तान छन् ।

barsa-raut

sarita-lamichhane

For More videos Log on to Mazzako TV