नीताले पाइन् नयाँ प्रेमी ! (मज्जाको भिडियो सहित)
नीतासँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :
नायक आमेश भण्डारीसँग ब्रेकअप भएपछि सिङ्गल रहेकी नायिका नीता ढुङ्गानाले नयाँ प्रेमी पाएकी छिन्, तर फिल्ममा । फिल्म ‘रेश’ मा नीताले नव नायक जीआन रेग्मीलाई प्रेमीको रुपमा पाएकी हुन् । नीता र जिआनको मुख्य भूमिका रहेको यो फिल्मको यतिबेला छायाँकन चलिरहेको छ ।
किशोर सुब्बाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘रेश’ को केही दिन अगाडी बज्रबाराही जंगलको गीतको छायाँकन भएको थियो । नृत्य निर्देशक गोविन्द राईको निर्देशनमा नीता र जिआनले टेक दिएका थिए । आनन्द राई र कुमार बखतीको संगीत रहेको फिल्ममा चार रहनेछन् ।
लभ स्टोरी फिल्म ‘रेश’ को अब केही प्रतिशत मात्रै सुटिङ बाँकी छ । फिल्म सुटिङका लागि निर्माण टोली यसै साता काठमाण्डौं बाहिर जाँदैछ । तस्बिर : उद्धव रसाईली