यही पुष १४ गते काठमाण्डौस्थित दरबार मार्गको अन्नपूर्ण होटलमा ‘डि सेलिब्रेटी रनवे’ हुने भएको छ । यस फेसन शोमा नेपाली फिल्म क्षेत्रका ४० जना बढी चर्चित कलाकारहरुले क्याटवक गर्नेछन् । नेपाली फिल्म क्षेत्रका नयाँ तथा पुराना सबै कलाकारहरु एक साथ यसरी र्याम्पमा उत्रिन लागेको सम्भवतः यो नै पहिलो पटक हो ।

shetwa-khadka

उक्त रनवेमा भुवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल, दीपक र दीपा, नाजिर हुसेन, श्रृष्टी श्रेष्ठ, सरोज खनाल, भुवन चन्द, चैत्य देवी, बर्षा राउत, स्वेता खड्का, सञ्चिता लुईँटेल, अनुभव रेग्मी, ऋचा शर्मा, धिरेन शाक्य, सुरक्षा पन्त, पुष्प खड्का लगायतका ४० जना कलाकारहरु र १० जना मोडलहरुले क्याटवक गर्नेछन् ।

रनवेलाई पुनम इन्टरटेनमेण्ट र अभिनेत्री गौरी मल्लले संयुक्त आयोजना गरेको यो कार्यक्रमलाई विश्वव्यापी फेशनमा चर्चित वल्र्ड फेशन परेडले मान्यता दिँदै सहकार्य गरेको कार्यक्रम संयोजक समीर धौगोडाले बताए । रनवेमा चर्चित भारतिय डिजाईनर विशाल कपूर लगायतले आफ्ना अलौकिक डिजाईनहरुको प्रस्तुती दिनेछन् ।

For More videos Log on to Mazzako TV